सिर्जनशील उद्यमी मेलाको आज अन्तिम दिन
महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा महिला उद्यमी मेला सुरु भएको थियो । मेला साउन २५ गते (आज) सम्म चल्नेछ ।
कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित भएकी छन् । जेसीआई काठमाडौं लेडीद्वारा आयोजित १ सय १५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तामाङलाई ’नारी सम्मान कार्यक्रम’बाट सम्मान गरिएको हो । समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उठाउँदै आएकी तामाङलाई बुधबार जेसीआई कार्यलयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सीमासहित एभियसन क्षेत्रकी महेश्वरी डंगोल, चिकित्सक पेसाबाट डा. रुपा झा, व्यवसायी इन्दिरा सापकोटा कलाकार गोमा केसी, खेलकुद जगतकी लक्ष्मीकुमारी श्रेष्ठ,सम्मानित भए ।