मेष
सकारात्मक विचारधाराले गरेको काममा सफलता मिल्नेछ । एकादश भावको बुधले सफलतातर्फ अग्रसर गराए पनि बाह्रौं सूर्यले कहिलेकाहीँ काममा बाधा गराउन सक्छ । निकै सतर्क भएर काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा अपेक्षित साथ एवं सद्भाव पाइनेछ । परिवारमा आत्मीयभाव कायम रहनेछ । विविध कुराले गर्दा समय आफू अनुकूल नै रहला । कुनै कुराको आकस्मिक लाभ हुनेछ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । खुरापाती एवं प्रतिस्पर्धात्मक व्यक्तिहरूसित काम गर्दा सजग रहनुपर्ने अवस्था छ । सकेसम्म आफूलाई हरेक कुरामा अद्यावधिक गराउन खोजिनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामानको किनमेल गर्दा सतर्क रहनुपर्ला ।
वृष
महिना फलदायी छ । गरेको काममा सफलता मिल्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । साथीहरूसित कतै जमघट हुनसक्छ । कामविशेषले कतै जानुपर्नेछ । धार्मिक कामप्रति आस्था बढ्नेछ । मनमा भएको तनाव हटेर जानेछ । नयाँ रोजगारीको सम्भावना छ । अधूरा कामहरू पनि क्रमश: बन्दै जानेछन् । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । रमाइलो घुमघाम हुने सम्भावना छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । प्राय: सबै काम आफ्नै इच्छानुसार सम्पन्न हुनेछन् ।
मिथुन
समस्याको समाधान हुनेछ । प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नेछ । सामाजिक, प्रशासनिक एवं राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका कामहरू क्रमश: बन्दै जानेछन् । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । व्यक्तिगत काममा सफल भइनेछ । व्यावसायिक काममा लगानी गर्दा विशेष विचार गर्नुपर्ने बेला छ । बोली र व्यवहारमा पनि सजग रहनुपर्ने अवस्था छ । कसैसँग कुराकानी गर्दा हतारिनु हुँदैन
। कतैबाट कुनै उपहार प्राप्त हुनसक्छ । साथीसंगीसित कतै जमघट हुनसक्छ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि केही खर्च हुनसक्छ ।
कर्कट
सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । कहिलेकाहीँ सानातिना अवरोध आए पनि समस्याको समाधान हुनेछ । व्यावसायिक क्षेत्रमा आर्थिक उन्नति गर्ने अवसर मिल्नेछ । तपाईंको बोलीको मान राखिनेछ । कतैबाट आकस्मिक लाभ हुनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । विविध कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । कुनै धार्मिक काममा संलग्न हुने अवसर मिल्नसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । व्यक्तिगत कामकाजका लागि केही खर्च हुनसक्छ । विविध कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । कसैलाई दिएको सापटी पैसा फिर्ता हुनसक्छ ।
सिंह
पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैको नयाँ घर सर्ने सम्भावना छ । कतैको घुमघाम हुनसक्छ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । कुनै कुराले केही तनाव दिनसक्छ । आफ्नै सुझबुझले काम गर्नसके मनको चिन्ता हटेर जानेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । कुनै पनि कुरामा प्रतिवाद गर्न नहतारिनुहोला । खुरापाती प्रवृत्तिका व्यक्तिको बदनियतबाट बच्ने प्रयास गर्नुपर्नेछ । आफन्त र पराइ चिनेर काम गर्नसके मनको द्विविधा हटेर जानेछ । कुनै पनि काम गर्दा कसैको लहैलहैमा नलाग्नु नै बुद्धिमानी हुनेछ । अत्यावश्यक प्राथमिकताभित्र पर्ने कामकुरामा समय दिन सके आधा चिन्ता स्वत: हटेर जानेछ ।
कन्या
यात्रा गर्ने योग छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । सोचेअनुसार सबै कुरा मिल्दै जानेछन् । कुनै विशेष काममा सहभागी हुने मौका मिल्नसक्छ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । व्यापारिक काममा गरेको लगानीले राम्रो प्रतिफल दिलाउनसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नसक्छ । समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । दाम्पत्य जीवनमा माया, सद्भाव र समझदारी कायम रहनेछ । विविध कुराले गर्दा मनले रमाउने अवसर प्राप्त गर्ला । आ–आफ्नै काममा आफूलाई व्यस्त राखिनेछ ।
तुला
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएको चिन्ता हटेर जानेछ । सकेसम्म शान्त भएर काम सल्टाउने प्रयास गरिनेछ । कुनै कुरालाई लिएर परिवारमा छलफल हुनसक्छ । दाम्पत्य जीवनमा पनि एक–अर्कालाई बुझ्न खोज्ने र समय दिने प्रयास गरिनेछ । कुनै पनि कुरामा आत्तिनु हुँदैन । सहयोगी हातरू पछि हट्न सक्छन् । के कुरा कत्तिको महत्वपूर्ण छ, त्यो कुरालाई हेक्का राखी चल्नसके आफैलाई सहज हुनेछ । आफू वरिपरिको वातावरण विचार गरेर कतिपय कामकुरामा हेरफेर गर्नुपर्ने पनि हुनसक्छ । जस्तोसुकै परिस्थिति भए पनि छैठौं सूर्यले हरेक काममा सामञ्जस्यता राख्ने प्रयास गर्नेछन् ।
वृश्चिक
प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । कुनै नयाँ सामान जोरिने सम्भावना छ । व्यक्तिगत कामका लागि केही खर्च हुनसक्छ । साथीहरूसित पनि रमाइलो जमघट हुनसक्छ । विविध कामले मनमा कुराहरू खेल्नसक्छन् । आफ्नै सुझबुझले क्रमश: सबै कुरा सल्टाउन खोजिनेछ । प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्ने बेला छ । कुनै पनि काम वा कुराकानी गर्दा नहतारिनुहोला । खुरापाती व्यक्तिसित तर्किएर आफ्नो कार्यक्षेत्रमा जोड दिनु नै तपार्इंका निम्ति लाभदायक रहला । सबै काम राम्रोसँग विचार गरेर गर्नुपर्ने बेला छ । कसैसित मनको कुरा खोल्नु हुँदैन ।
धनु
मनमा काम गर्ने जाँगर र उत्साह बढ्नेछ । कुनै नयाँ काम गर्ने विचार मनमा आउनसक्छ । नयाँ साथीसित चिनजान गर्ने अवसर पनि मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । मनले रमाउने विभिन्न बहाना भेट्नेछ । समयलाई आफ्नो इच्छाअनुसार नचाउन खोजिनेछ । आपसी समझदारीमा काम गर्ने प्रयत्न गरिनेछ । विविध काममा आफूलाई संलग्न गराउने मौका मिल्ला । कुनै पनि कुरामा नहतारिनुहोला । सबैसित कुराकानी गर्दा शान्त रहनुपर्ने बेला छ । समय विचारेर आफूलाई प्रस्तुत गर्नु नै बुद्धिमानी हुनेछ ।
मकर
महिना फलदायी रहनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कतैको रमाइलो यात्रा हुनसक्छ । काम गर्ने उत्साह र जाँगर बढ्नेछ । विभिन्न व्यक्तित्वसित भेटघाट गर्ने मौका मिल्नेछ । कुनै विशेष कार्यक्रममा सहभागी हुने अवसर जुट्नसक्छ । प्रतियोगितात्मक काममा सफलता मिल्नेछ । कुनै पनि काम गर्न मन तम्तयार रहनेछ । घरमा कुनै कुरामा हेरफेर हुनसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । समयलाई आफ्नै अनुकूलतामा चलाउन खोजिनेछ । कसैकसैलाई यो महिनामा नयाँ रोजगारीको सम्भावना छ । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैलाई दिएको सापटी पैसा फिर्ता हुनसक्छ ।
कुम्भ
पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानसित राम्रो समय यापन गर्ने अवसर मिल्नेछ । समयानुसार आफूलाई चलाउन खोजिनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कहिलेकाहीँ कुनै कुराले टाउको दुखाउनसक्छ । सकेसम्म शान्त र धैर्यपूर्वक रहनु होला । कसैको कुरामा बढी गम्भीर नभएकै ठीक रहला । जे कुरा जोसित सम्बन्धित छ, उसैसित गर्नु उत्तम रहला । कुनै पनि ठाउँमा जाँदा आफूलाई चाहिने अत्यावश्यक सामान लिएरै जानुहोला । अनावश्यक खर्च हुने सम्भावना भएकाले कुनै पनि सामान किन्नुपूर्व त्यसको उपयोगिताबारे विचार गरेर मात्र किन्नु उपयुक्त हुन्छ । बेलाबेलामा टाउको र आँखा दुख्ने समस्या आइलाग्नसक्छ । आफू असम्बद्ध कुरामा तर्किनु नै उत्तम हुनेछ ।
मीन
व्यक्तिगत वा कार्यालयीय कामविशेषले कतैको यात्रा हुनसक्छ । सानातिना कुरामै बढी खट्नुपर्ने हुँदा केही व्यस्त भइनेछ । सहयोगी हातहरू पछि हट्न सक्ने हुँदा सकेसम्म कसैको भर नपरी आफ्नो काम आफै गर्नु उत्तम होला । विभिन्न सरसामानको जोहो हुनेछ । व्यक्तिगत कामका लागि केही खर्च गर्नुपर्नेछ । विविध कुराको लाभ हुनेछ । विभिन्न कुराले गर्दा मनले रमाउने मौका पाउनेछ । कसैकसैलाई यो महिनामा गरेको काममा सोचेअनुरूप अपेक्षित सफलता मिल्नेछ भने कसैलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो मानसम्मान मिल्नेछ । पेट तथा मुटुका बिरामीहरूले यात्रा गर्दा आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला । एक–अर्काको भावनालाई राम्ररी बुझ्न सके दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ ।