प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
पोखरास्थित वसुन्धरा पार्कमा कलाकार अञ्जिला राउतले एकदिने चित्रकला प्रदर्शनी गरिन् । उनले प्रदर्शनीमा पछिल्लो दुई वर्षयता कोरेका ३६० वटा चित्र प्रदर्शनीमा राखेकी थिइन् । चित्रहरू प्रकृतिसँग सम्बन्धित थिए । लकडाउनमा घरमै बस्दा फुर्सदको समय सदुपयोग गर्दै चित्र कोरेको उनले बताइन् । ‘कोरोना महामारीका कारण घरमा थुनिँदा आफ्नै वरिपरि देखेका प्राकृतिक सुन्दरतालाई उतार्न मन लाग्यो’ उनी भन्छिन् । उनले पुतली, फूल, जून, तारा, घामजस्ता प्राकृतिक विषयमा कोरेका चित्र नै प्रदर्शनीमा राखिएको बताइन् ।
अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी उनलाई जागिरे जीवनमा पटक्कै रुचि छैन । पोखराकै द यात्रा होटलमा गेस्ट रिलेसन अफिसरका रूपमा कार्यरत रहँदा उनले यो कुरा महसुस गरिन् । त्यसपछि जागिर छोडेर उनले आफूलाई रुचि भएको काम गर्न थालिन् । प्रकृतिप्रेमी अञ्जिला चित्रकलामै भविष्य बनाउने योजनामा रहेको बताउँछिन् ।


