दूरी फरक, एउटै मन
पब्लिक हेल्थ रिसर्चर सुरज र फुडमान्डुकी म्यानेजर रक्षा । विवाह भएको धेरै समय भएको छैन, तर उनीहरूको जीवनमा भरपूर सम्झना सञ्चित भइसकेका छन् ।
पच्चीस जना पूर्वमिस नेपालले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक काममा सहभागी भएका छन् । रुबी राणादेखि अनुष्का श्रेष्ठसम्म सहभागी रहेको क्लबले हालै मानसिक स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने काम थालेको छ । क्लबले कोभिड–१९ बाट बाबुआमा गुमाएका विपन्न विद्यार्थीलाई कलेज तहसम्म पढ्ने छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ ।