प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

पच्चीस जना पूर्वमिस नेपालले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक काममा सहभागी भएका छन् । रुबी राणादेखि अनुष्का श्रेष्ठसम्म सहभागी रहेको क्लबले हालै मानसिक स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने काम थालेको छ । क्लबले कोभिड–१९ बाट बाबुआमा गुमाएका विपन्न विद्यार्थीलाई कलेज तहसम्म पढ्ने छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ ।