रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
नारी दिवसको अवसरमा महिला ‘विभेदविरुद्ध बोलौं, पूर्वाग्रह तोडौं’ नाराका साथ साहित्य तथा सांस्कृतिक पत्रकारितासम्बन्धी कार्यक्रम सम्पन्न भयो । तीन सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा नेपालका महिला मुक्तिको आन्दोलनलाई साहित्यका दृष्टिकोणबाट किन नहेर्ने ? विभेदविरुद्ध नारी साहित्य, नेपाली साहित्यमा लैंगिकता बारेको बहस गरियो । दोस्रो सत्रमा नेपालको सामाजिक विकासमा महत्वपूर्ण देखिएको सांस्कृतिक इतिहास, मूर्त–अमूर्त सम्पदा र संरक्षणजस्ता विषयमा महिला सञ्चारकर्मीहरूको अवस्था कस्तो छ ? भन्ने विषयमा केन्द्रित थियो । तेस्रो सत्रमा महिला कवयित्रीहरूले नेपाली, अंग्रेजी, नेपाल भाषालगायतमा कविता वाचन गरेका थिए ।