‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।

एन्जिला रेग्मी
बुटवलकी एन्जिला रेग्मी चर्चित गायिका हुन् । उनले सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । उनका धेरै गीत ‘करोड क्लब’ मा पुगेका छन् । ‘दिलको भित्तैमा’ ‘ओई तिम्रो छ कि छैन पोइ’ ‘पछि उमेर ढल्किन्छ’ लगायतका उनका चर्चित गीत हुन् । उनले फेसनप्रति आफू सचेत रहेको बताइन् । उनले फेसनका लागि के गर्छिन् त ? उनीसँग गरिएको संवाद :
पहिरन
अवसर हेरेर पहिरन छनोट गर्छु । ‘क्याजुअल’ मा मलाई जिन्स नै मन पर्छ । ‘इभेन्ट’ मा ‘गाउन वान पिस’ लगाउँछु । मलाई कालो तथा सेतो रंगका पहिरन राम्रा लाग्छन् । कतिपय अवस्थामा त चल्तीका फेसन पछ्याइरहेकी हुन्छु । अरुलाई देखेर भन्दा पनि आफ्नो तरिकाले फेसन अगाडि बढाउँछु ।
मेकअप
मेकअप आफैं गर्छु । मोस्चराइजर क्रिम, प्राइमर, सनस्क्रिन, सिरम फाउन्डेसन लगाउँछु । आइब्रो बनाउन आउँदैन । सबैले बनाउनका लागि सुझाव दिन्छन् । आइब्रो, आई ल्यासेज पनि लगाउँदिन । मेकअपका सामानहरूप्रति सचेत छु । अनुहारको स्किनका लागि फाउन्डेसन अडिनरी ब्रान्डको प्रयोग गर्छु । यस्ता सौन्दर्य प्रसाधन विदेशबाटै मगाउँछु । लिपिस्टिक चाइना ब्लुको, मोस्चराइजर क्यालिभाको प्रयोग गर्छु ।
फुटवेयर
फुटवेयरमा म हिल लगाउँदा असहज हुने भएकाले फ्ल्याट जुत्ता लगाउँछु । तर पनि इभेन्ट तथा कन्सर्टमा भने हिल नै लगाउँछु । जाडो मौसममा न्यानो र स्मार्ट देखिने भएकाले बुट नै बढी लगाउँछु । बुटको र हिलको कलेक्सन नै गरेकी छु ।
एसेसरिज
पहिले म एसेसरिज एकदमै प्रयोग गर्थें तर अहिले भने कम प्रयोग गर्छु । पहिले इयररिङ नलगाई बाहिर निस्कन्नथे । अहिले निश्चित इभेन्टमा मात्र इयररिङ लगाउँछु । एसेसरिजको छनोट गर्दा पहिरनमा पनि भर पर्छ । यसबाहेक त्यस्तो धेरै एसेसरिज लगाउँदिन ।
बढी खर्च
सेलिब्रेटी भएपछि पहिरनमा ध्यान दिनुपर्ने रहेछ । बढी खर्च पहिरनमै हुन्छ । पहिरन दोहोर्याएर लगाउन मन पर्दैन । त्यसैले पहिरन किनिराख्नुपर्ने हुन्छ । यसले गर्दा खर्च बढी हुन्छ ।
हेयर केयर
हेयर केयरमा त्यति ध्यान दिन्न । नुहाउनुअघि सधै तोरीको तेलले केश मसाज गर्छु । हेयर ट्रिटमेन्टका लागि कहिलेकाहीँ पार्लर पनि जान्छु ।