प्रतिभाशाली दिदीबहिनी
गायिका, मोडल तथा कलाकार नवश्रीको ‘हर नाद’ गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै आरोहण सकेर आएँ । रोकिएका अन्य कामहरू मिलाउँदैछु । अर्को यात्राको परिकल्पना पनि गर्दैछु ।
हिमाल आरोहणको यात्रालाई केका रूपमा लिनुहुन्छ ?
हिमाल आरोहण मेरो ‘प्यासन’ हो । यसप्रतिको मेरो रुचिका कारण नै यहाँसम्म आइपुग्न सम्भव भएको हो । म ‘माउन्टेन लभर’ हुँ ।
चुचुरोमा पुग्दा सबैभन्दा पहिला के कुराको सम्झना आउँछ ?
सबैभन्दा पहिला सपना सफल भएको ठानेर खुसी र उत्साहित हुन्छु । मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने स्मरण हुन्छ । उद्देश्यमा पुगेको अनुभव हुन्छ ।
तपाईंले गरेको हिमाल आरोहणमध्ये सबैभन्दा कठिन र रोमाञ्चक यात्रा कुन हो ?
सबैभन्दा कठिन अन्नपूर्ण र रोमाञ्चक मनास्लु ।
तपाईंका लागि हिमाल आरोहणको मूल उद्देश्य के हो ?
हिमाली देशकी चेली भएर आफ्नो बहादुरी प्रदर्शन गर्नु हो । नेपाली महिलालाई उत्प्रेरित गर्नु पनि हो । चुचुरोमा पुग्नु अर्को प्रमुख उद्देश्य हो ।
हिउँसँगको साक्षात्कारमा के महसुस गर्नुहुन्छ ?
हिउँमा साह्रै गाह्रो हुन्छ र पनि अर्कै किसिमको रमाइलो र ऊर्जा मिल्छ ।
हिमाल आरोहीका हैसियतले तपाईंमा भएको सबैभन्दा सबल पक्ष के भएजस्तो लाग्छ ?
‘गिभ अप’ गर्न मन नलाग्ने मेरो स्वभाव । सपना नछोड्ने मेरो बानी ।
एकल आरोहणको चुनौती आइहालेमा कुन हिमाल चढ्न चाहनुहुन्छ ?
पुनः मनास्लु नै चढ्न चाहन्छु ।
के गर्दा सन्तुष्टि मिल्छ ?
जब आफूले सोचेका कुरा पुगेर सफल भइन्छ तब सन्तुष्टि मिल्छ ।
के कुराले तपाईंलाई उत्साहित गराउँछ ?
नयाँ योजनामा उत्साहित हुन्छु ।
तपाईंका रुचि र रहरहरू के–के छन् ?
रहरहरू धेरै छन् । ‘माउन्टेन लभर’ भएका कारण एकपछि अर्को हिमाल चढिरहुँ जस्तो लाग्छ । फोटो पत्रकार पनि भएका कारण नयाँ तस्बिर खिच्न मन लाग्छ ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
एडभेन्चरस र फिजिकल वर्कमै रमाउँछु । हाइकिङ, रनिङ जान तथा साथीभाइसँगको भेटघाट मन पर्छ ।