आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

महिला कसरी भर्सटायल हुने हो ?
पहिले त महिला आफ्नो शक्ति पहिचान गरी सशक्त बन्नुपर्यो । समयको सदुपयोग गर्दै उत्पादनशील हुनुपर्यो । शिक्षा, सीप र क्षमता बढाउनुपर्यो अनि मात्र भर्सटायल भइन्छ ।
महिलाका लागि आत्मविश्वास भनेको के हो ?
आत्मविश्वास भनेको भित्रैदेखि आउने शक्ति वा भनौं तत्व हो । आत्मविश्वास विजयको साँचो हो ।
कसैलाई केही भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले राजनीतिकर्मीलाई शिक्षाको महत्व, यसको अर्थ र सही प्रयोग गर्न आग्रह गर्न चाहन्छु । त्यसपछि मात्रै उहाँहरूमा पृथक् सोच र भिजन आउँछ जस्तो लाग्छ ।
सशक्त नारी कस्ता हुन्छन् ?
शिक्षा, सोच, विचार र क्षमताको सही सदुपयोग गर्ने नारी नै सशक्त नारी हुन् । त्यसको प्रभावकारी परिणामद्वारा समाज र मुलुकलाई योगदान दिनसक्छन् ।
नेपाली महिलाका लागि अबको मूल मुद्दा के हुनुपर्छ ?
अझै महिलाको शिक्षामा जोड दिनुपर्छ । साथै महिलालाई निर्णायक तहमा पुर्याउने अवधारणा र रणनीतिमा काम गर्नुपर्छ । अझैसम्म पनि पढेलेखेका महिलाको सीप, परिश्रम र क्षमता घरैमा थन्किएको छ । त्यसको सदुपयोग हुनुपर्छ ।
जीवनमा विशेष लागेको कुनै क्षण ?
आमा बन्दा ।
तपाईंको अबको इच्छा के छ ?
महिलाको सहज र खुसी जीवनका लागि धेरै काम गर्ने इच्छा छ ।
जीवनमा गर्न मन लागेको तर अवसर नजुटेको कुनै कामबारे बताइदिनुस् न ?
समाचार वाचन गर्ने बच्चैदेखिको रहर थियो, अहिलेसम्म पूरा भएको छैन । भविष्यमा गर्छु होला ।
आगामी योजना के छ ?
महिला शिक्षा, स्वास्थ्य र सशक्तीकरणमा काम गर्ने हो ।