रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

सहनशीला शर्मा (पुजारी)
पुजारी महिला हुँदाको अनुभव बताइदिनुस् न ?
पूजा त पहिलेदेखि नै गर्दै आएकी हूँ । पूजा गर्दै आएको सत्र वर्ष भइसक्यो । पुख्र्यौली पूजा हो यो । घरका सबै विदेशमा छन् । हजुरबुवा, बुवा त्यसपछि भाइको पालो थियो तर उसको नाम पारेर पूजा मैले नै गरिराखेकी थिएँ । हाल मेरै नाममा सारियो । महिलाले गर्नै नहुने भन्ने थियो कागजातमा चुनौती नै झेल्नुप¥यो अहिले रमाइलो छ ।
धर्मले महिलालाई कुन स्थानमा राखेको छ ?
धर्मले महिलालाई उच्च स्थानमा राखेको छ । पछिल्लो समय धर्म देखावटी भयो । आफ्नो अधिकार र महत्व बुझेर गर्नेे भन्दापनि प्रदर्शनका लागि धर्म गरिन्छ । महिलाले महत्व बुझेर धर्म गर्दा राम्रो हुन्छ ।
धर्मले महिलालाई दिएको सम्मान र व्यावहारिक जीवनमा कत्तिको अन्तर पाउनुभएको छ ?
धेरै अन्तर पाएकी छु । महिलाले आफू कसरी सम्मानित हुने भन्ने कुरा बुझ्न जरुरी छ । नारीलाई देवी भनेर पूजागर्नु पर्दैन, नारीलाई मानिसका रूपमा हेरिदिए पुग्छ ।
पुजारीको हैसियतले तपाईंबारे अरुको प्रतिक्रिया ?
सकारात्मक सोच राख्ने र बुझ्नेहरूले ममाथि गर्व गर्छन् । मलाई पुरातनवादी सोच र मान्यतालाई तोड्न सकिस् भनेर प्रशंसा गर्छन् । धेरैले मलाई मोर्डन पुजारीसमेत भनेका छन् । म इन्स्टिच्युट चलाउँछु, मोर्डन पहिरन पनि लगाउँछु तर पूजा गर्ने बेला म उही रूपमा हुन्छु । पूजा पहिरनले होइन मनले गर्ने हो ।
जीवनको अन्तिम लक्ष्य के हो ?
जीवनको अन्तिम लक्ष्य मोक्ष हो । आत्मा र शरीर छुट्टिएर जान्छ । आत्मा मर्दैन तर शरीर जलेर खरानी हुन्छ ।
पुजारी महिला र पुरुषमा कत्तिको समान व्यवहार गरिन्छ?
पुजारी पुरुषै हुनुपर्छ भन्ने सबैको दिमागमा बसिसकेको छ । गुठी संस्थान हाम्रो संरक्षक मात्र हो । हाम्रो पूजा भनेको पुख्र्यौली पूजा हो । गुठीले हामीलाई पैसा छुट्याउ“दैन । कतिपय गुठीले खर्च बेहोर्ने ठाउँमा पूजा महिलाले गर्छन् पैसा लिन पुरुष पुग्छन् ।
प्रायः सपनामा तपाईंले देखिरहने कुरा ?
सपनामा मैले चलाउने इन्स्टिच्युट मिडिया हाउसको ठूलो रूपमा देख्छु ।
पुजारी हुनुमा कत्तिको आत्मसन्तुष्टि मिलेको छ ?
मन शान्ति हुन्छ । मन खुसी छ ।
तपाईंलाई मन पर्ने मन्त्र?
गणेशको मन्त्र मन पर्छ ।
तपाईंको भावी योजना ?
मेरो मिडिया हाउसलाई ठूलो रूपमा लैजाने योजना छ । महिला रोजगार सिर्जना गर्ने सपना छ ।