मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

विनोद क्षेत्री
बार टेन्डर, सन डाउन केटिएम बाइ कर्मा
सन डाउन हाउस स्पेशल डि्रंक्स
सामग्री : कोको सिरप १५ मिलिलिटर, ब्लु कुरासाव १५ मिलिलिटर, दूध ३० मिलिलिटर, पाइनापल सोडा ३० मिलिलिटर तथा टप अप सोडा १० मिलिलिटर ।
विधि : सुरुमा गिलासमा आठ वटाजति आइस क्युब हाल्ने । त्यसपछि गिलासलाई चिसो पार्न राखिदिने । त्यसपछि सोडाबाहेक सम्पूर्ण सामग्री सेकरमा हालेर सेक गर्ने । अब यो मोक्टेल ग्लासमा हाल्न तयार भयो । ग्लासमा खन्याइसकेपछि माथिबाट टप अप सोडाले गार्निस गर्ने । यो अत्यन्त मन पराइएको तथा गर्मी र पर्वका लागि उत्तम पेय पदार्थ हो ।
वाटर मेलोन सांग्रिया
सामग्री : ह्वाइट वाइन १२० मिलिलिटर, वकाडी ३० मिलिलिटर, स्विट एन्ड सावर ३० मिलिलिटर तथा डाइस आकारमा काटेको खरबुजा ६ पिस ।
विधि : माथि उल्लिखित सबै सामग्री एकै ठाउँमा हाली ब्लेन्ड गर्ने । माथिबाट फ्रेस पुदिनाको पातले गार्निस गर्दा यो अझै आकर्षक देखिन्छ । यो विशेषगरी महिलाहरूले मन पराउने पेय पदार्थ हो । गर्मीका लागि उपयुक्त यो पेयले शीतलता प्रदान गर्छ ।
पिनाकोलोडा
सामग्री : पाइनापल जुस ६० मिलिलिटर, वकाडी ६० मिलिलिटर, कोकोनट क्रिम २० मिलिलिटर तथा आइस कोको सिरप २० मिलिलिटर ।
विधि : माथि उल्लिखित सबै सामग्री मिसाएर ब्लेन्ड गर्ने । यसलाई यहाँ सिंगै भुइँकटरमा सर्भ गरिएको छ । माथिबाट फ्रेस पाइनापल स्लाइसले गार्निस गर्दा निक्कै आकर्षक छ । यो पनि एक समर ड्रिंक्स हो । गर्मीका लागि यो निक्कै उपयुक्त पेय पदार्थ हो ।
टकिला सनराइज
सामग्री : टकिला सिल्भर ६० मिलिलिटर, ओरेन्ज जुस १२० मिलिलिटर, ग्रयानेडाइन १५ मिलिलिटर ।
विधि : सुरुमा गिलासमा आइस हालेर टकिला हाल्नुपर्छ । त्यसको माथिबाट ग्रयानेडाइन टपिंग्स गर्नुपर्छ । सर्भ गर्ने बेला फ्रेस मिन्ट लिफ र फ्रेस ओरेन्ज स्लाइसद्वारा गार्निस गरे यो सुन्दर र मनमोहक देखिन्छ । यो पेयलाई पनि गर्मीमा महिलाहरूले धेरै मन पराउँछन् ।