‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) को अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएकी छिन् ।
क्लबको ११ औँ साधारणसभाबाट श्रेष्ठ चयन भएकी हुन् । यससँगै क्लबले पहिलो पटक महिला नेतृत्व पाएको छ ।

त्यस्तै उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा द्वारिका प्रसाद काफ्ले र सचिवमा अमूल थापा चयन भएका छन् । समितिले विकास द्वारेलाई प्रवक्ता चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा अंगद ढकाल, निशा भण्डारी, बर्षा शाह, स्कन्द गौतम, दिपेन श्रेष्ठ र लक्ष्मीप्रसाद ङाखुशी चयन भएका छन् ।