समतामूलक समाजको सिर्जना
शिक्षा–स्वास्थ्य र चेतनाको विकास गर्नुपर्छ । सुन्दर समाज बनाउन हामी अगाडि बढ्नुपर्छ ।

रसुवास्थित गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । घुम्न मन पराउनेहरूका लागि पनि यो एउटा उत्कृष्ट गन्तव्य हो ।
रसुवाको लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड समुद्री सतहबाट ४३८० मिटर उचाइमा छ । विशेषगरी गोसाइँकुण्डमा जनैपूर्णिमाको दिन मेला लाग्छ । त्यहाँ गोसाइँ, भैरव, सरस्वती, सूर्य, रक्तकुण्डलगायतका दर्जनौं कुण्ड छन् ।
गोसाइँकुण्ड पुग्न चार वटा मार्ग छन् । रसुवा सदरमुकाम धुन्चे, मेलम्ची, सुन्दरीजल र घ्याङ्फेदी हुँदै त्यहाँ पुग्न सकिन्छ । धुन्चेबाट चन्दनबारी, चोलाङ्पाटी, लौरीबिना हुँदै गोसाइँकुण्ड जाँदा सरस्वतीकुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड देख्न पाइन्छ । गोसाइँकुण्ड दर्शन तथा स्नानका लागि देशका विभिन्न ठाउँबाट भक्तजन आउँछन् ।
धुन्चेबाट पैदल यात्रा सुरु गरेपछि पदमार्गमा देखिने कञ्चन खोला, हरियाली अनि छिनछिनमा पर्ने पानीले निकै रोमाञ्चित बनाउँछ ।
कोभिडले गर्दा यस क्षेत्रमा आउन रोक लगाइए पनि गाडी चलेको हुनाले विभिन्न जिल्लाबाट भक्तजनहरू आएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी देवेन्द्र पाण्डेले बताए । अघिल्लो वर्ष नागपञ्चमीदेखि जनैपूर्णिमासम्म दुई हजार भक्तजन आएका थिए । यसपटक ३५ सय भक्तजन आएको उनको भनाइ छ ।
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना