कक्टेल
विधि : स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने ।

–राजेशमान के.सी.
विश्वभर नै आत्महत्या बढिरहेको छ ।
यो समस्या निकै जटिल बनिरहेको छ ।।
प्रेम, व्यापार विफल हुँदा आत्महत्या गर्छन् ।
असाध्य रोग लाग्दा पनि मृत्युलाई नै रोज्छन् ।।
अभावले ग्रस्त हुँदा आत्महत्या रोज्छन् ।
धन–दौलतले सम्पन्न नि आत्महत्या गर्छन् ।।
बालकदेखि वृद्धासम्म आत्महत्या गर्छन् ।
नेतादेखि अभिनेता यही बाटो रोज्छन् ।।
कोरोनाको ‘लकडाउन’ मा यो निकै बढेको छ ।
आर्थिक समस्या नि यसको कारण बनेको छ ।।
आत्महत्या अन्तिम बाटो ठान्नु हुँदैन ।
जीवनदेखि हार हामीले मान्नु हुँदैन ।।
परिस्थिति सँधै आफू अनुकूल हुँदैन ।
आफै मात्र सही हुन्छु भन्ने पनि छैन ।।
आपूmभित्र सकारात्मक भाव राख्नुपर्छ ।
मनलाई सिर्जनशील काममा लगाउनुपर्छ ।।
आफैप्रति प्रेम अनि विश्वास राख्नुपर्छ ।
परिस्थितिसँग लड्दै अघि बढ्नुपर्छ ।।
जन्मेपछि एकदिन हामी सबले मर्नुपर्छ ।
जिन्दगीमा धैर्य राखी अघि बढ्नुपर्छ ।।