बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
‘स्कुल अफ ब्युटिसियन आइटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर’ ले आफ्नो नयाँ ट्रेडमार्क (लोगो) लन्चसहित केक काटेर १८ औं वार्षिकोत्सव मनायो । कार्यक्रममा सेन्टरबाट ब्युटिसियन प्रशिक्षण लिएका ४० जनालाई सम्बन्धित कोर्स उत्तीर्ण गरेको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । १८ वर्षको अवधिमा सेन्टरले काठमाडौं र बनेपामा गरी करिब १० हजारभन्दा बढीलाई ब्युटिसियनको प्रशिक्षण दिइसकेको जनाएको छ । बरिष्ठ सौन्दर्यविद् रुस्का श्रेष्ठ बैद्यद्वारा स्थापित सेन्टरमा प्रशिक्षण र ब्युटी सेवा प्रदान गरिन्छ ।