आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
प्रा. डा. शान्ता थपलियाको सम्झनामा स्थापना गरिएको प्रा.डा शान्ता थपलिया सशक्तीकरण सम्मान मानव अधिकारकर्मी लिली थापा (२०७७ को सम्मान) र अमृता लम्साल (२०७८ को सम्मान)लाई प्रदान गरिएको छ ।

कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को स्थापना दिवसमा आयोजित एक कार्यक्रममा थापा र लम्सालले यो सम्मान प्राप्त गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर)का संस्थापक अध्यक्ष थापालाई एकल महिलाको अस्तित्व तथा अधिकार र विपतको समयमा समेत महिलाको अधिकार संरक्षण, सम्बद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै ल्याकले यो सम्मान दिएको जनाएको छ । महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था ल्याकले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ ।