‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
विशेषता : शान्त घरेलु वातावरणमा स्वादिष्ट परिकार पस्किने गार्डेन रेस्टुरेन्ट ।
स्थान : टंगाल ।
शान्त घरेलु वातावरणमा नेपाली, इन्डियन, चाइनिज परिकारको स्वाद लिन सकिने ‘डेट द रेस्ट्र्रो’ हालसालै खुलेको फेमिली गार्डेन रेस्टुरेन्ट हो । सहरभित्र पर्याप्त ठाउँको अभावमा कोचिएर खाना खानुपर्ने साना रेस्टुरेन्टको तुलनामा यो पृथक् छ । पार्किङको यथेस्ट सुविधा रहेको यहाँ एकै पटकमा तीन सय जना अट्ने क्षमता छ । सुलभ मूल्यमा स्वादिष्ट परिकार अर्को यसको विशेषता हो ।