विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

स्थान : रोयल थाई हस्पिटालिटी, राधेराधे भक्तपुर (भाटभटेनीसँगै)
विशेषता : अन्य फुड इन्डस्ट्रिजको तुलनामा नितान्त फरक ।
कोटेश्वरबाट भक्तपुर जाँदा राधेराधेस्थित रोयल थाई हस्पिटालिटी विशाल रुफ टप अम्ब्रेलायुक्त रेस्टुरेन्ट ब्यांक्वेट हो । अन्य फुड इन्डस्ट्रिजको तुलनामा यसले नितान्त भिन्न स्वाद पस्किरहेको सञ्चालक गणेशबहादुर ढकालले बताए । यसभित्र स्विमिङ पुल, रक स्टेज, स्टुडियो अपार्टमेन्ट, कफी सप, बार, फाइन डाइन रेस्टुरेन्ट, १४ हजार सीट क्षमताको हल तथा अम्ब्रेला रुफ टफ रेस्टुरेन्टलगायतका सुविधा छन् । एकैपटक चार सय जना बसेर खान मिल्ने रेस्टुरेन्ट पनि यसैभित्र छ । थाइल्यान्डको तर्फबाट एसिया महादेशलाई नै ‘सिइओ अफ द इयर २०१८ मास्टर सेफ’ को उपाधि दिलाएका गणेश फुड इन्डस्टिजलाई आगो, विद्युत् एवं हावापानीसँग जोडेर पृथक् रूपमा व्याख्या गर्छन् । सोही अवधारणाअनुसार आफूले यसलाई मुलुकको विकासमा फरक ढंगले टेवा पुर्याउने उद्देश्यले खोलेको उनको भनाइ छ । ५ सय गाडी अट्ने ९ रोपनी क्षेत्रफलमा फैलिएको यहाँको पार्किङ हेर्न लायक छ । भित्र छिर्दा थाइल्यान्ड पुगेको अनुभन हुन्छ भने यहाँका भौतिक संरचना पनि थाई मोडलमा अब्बल कालिगढद्वारा निर्माण गरिएको छ । विशेषतः यो स्थान थाई फुडका पारखीहरूका लागि उत्तम छ । तर त्यसबाहेक नेपाली, इन्डियन, कन्टिनेन्टल, चाइनिजलगायतका परिकारको माग पनि उत्तिकै हुन्छ । बालबालिकाका लागि प्ले ग्राउन्डसमेत रहेको रोयल थाई हस्पिटालिटी नेपालको हस्पिटालिटी क्षेत्रका लागि नयाँ आयाम भएको दाबी गणशको छ ।