५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
कोरोना महामारीले धेरैलाई फुर्सदिलो बनाएका बेला १९ वर्षीया यी किशोरीलाई कामको चटारोले भ्याइनभ्याइ छ । करिब ५५ वटा म्युजिक भिडियोमा यिनले अभिनय गरिसकेकी छन् । यसले कामप्रतिको उनको लगाव, क्षमता र आत्मविश्वासलाई पुष्टि गर्छ । पछिल्लो समय म्युजिक भिडियो क्विनका रूपमा चर्चित मोडल गरिमा शर्मा टिकटकमा उत्तिकै हिट छिन् । टिकटकमा उनका ५ लाख फलोअर्स र १ करोड भ्युअर्स छन् । गरिमा भन्छिन्, 'आफूभित्र कला र क्षमता, जाँगर अनि आत्मविश्वास भए खाली बस्नु पर्दैन ।'

बाग्लुङको बेनीमा जन्मिएकी उनी चितवनमा हुर्किएकी हुन् । सानैदेखि पढाइमा तेज गरिमा स्कुलमै छँदा नाटकमा अभिनय गर्ने, स्क्रिप्ट लेख्ने, नाच्ने÷गाउने र वक्तृत्वकलामा सहभागी हुन्थिन् । बाल्यकाल स्मरण गर्दै उनी भन्छिन्– 'नाईं नभन्नु ल' चलचित्र हेर्दा आफूलाई बालकलाकारका रूपमा कल्पना गर्थें । उस्तै हाउभाउ र अभिनय गर्न मन पथ्र्यो । म पनि ठूली भएर फिल्म खेल्न पाएजस्तो लाग्थ्यो ।' 'मिस एसएलसी नेपाल ब्युटी प्याजेन्ट' मा 'मिस पर्सनालिटी अवार्ड' हात पारेपछि उनी मोडलिङ र अभिनय क्षेत्रमा रमाउन थालिन् ।

दुई वर्षअघि लोक दोहोरीबाट डेब्यु गरेकी उनलाई उतिबेला कसैले नोटिस नगरेको बताउँछिन् । उनी आफूलाई फेरि टेलको परीजस्तै बनेर अभिनय गर्न रूचाउँथिन् तर डेब्यु सिनमै उनले अपाङ्ग भएर अभिनय गर्नुप¥यो । त्यसपछिको दोस्रो भिडियोले पनि उनलाई स्थापित हुन खासै सघाएन । पछिल्लो समय उनी टिकटकमा व्यस्त छिन् । भन्छिन्, 'म टिकटकर भनेर खासै चिनिन चाहन्न । किनभने मैले त्यसभन्दा पहिले नै अभिनय गरिसकेकी थिएँ । तर, सत्य के हो भने टिकटक मेरा लागि एउटा राम्रो प्लेटफर्म बन्यो । आफ्नो अभिनय क्षमता र कला सही रूपमा प्रस्तुत गर्न पाएँ । त्यसपछि मलाई कामका अफरहरू आउन थाले ।'
फरासिली, सबैसँग असल व्यवहार गर्न जान्ने गरिमाको मन पनि उत्तिकै कोमल र सफा छ । सानैदेखि दिएर खाने संस्कारमा हुर्किएकीले यिनलाई मानव सेवामा ठूलो चासो छ । कोरोनाकै बीच उनले थापाथलीमा असहायलाई खाना, ५५ परिवारलाई राहत वितरण, सिन्धुपाल्चोकमा राहत वितरणलगायतका सामाजिक काम आफ्नो एक्लो लगानीमा सफल पारिन् ।
'मेरो उमेर नै के भएको छ र बल्ल १९ वर्षकी भएँ । म त्यति परिपक्व भइसकेकी छैन कि अरुसँग पैसा उठाएर, चन्दा संकलन गरी गरिब जनताको व्यवस्थापन गर्न सकूँ । त्यसैले आफूसँग जे थियो, मैले जति सकें त्यति एक्लै गरेकी हुँ' गरिमा भन्छिन्, 'कोरोनापछि त जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । यो सुरु भएपछि फिल्डमा हिँड्न थालें । कति दुख देखें । ठूला र अग्ला घरभित्रका कोठाहरूमा लुकेका दुःख, पीडा र अभावले मलाई सुख–दुःख क्षणिक हो जस्तो लाग्यो । मानवबीचमा सहयोगको भावना हुनुपर्छ । सबैले सबैलाई यथासक्य सहयोग गर्नुपर्छ । त्यसैका लागि भगवान्ले हामीलाई यो सुन्दर जीवन उपहार दिनुभएको हो भन्ने सिकें ।'

छोटो अवधिमै आफूले धेरै काम गर्न सक्नुमा कडा परिश्रम, आफूभित्रको खुबी र भाग्यले पनि साथ दिएको उनले बताइन् । नेपाली मनोरञ्जन क्षेत्रमा पढेलेखेका, आत्मविश्वासी, अडिग व्यक्तित्व भएका मानिसको आगमन भए यो क्षेत्र थप सम्मानित हुने उनको धारणा छ । सार्वजनिक व्यक्तित्व भइसकेपछि गाली र ताली दुवै पाइन्छ भन्ने दर्शन बुझेकी गरिमाले पब्लिक फिगरले धेरै सोचविचार गरी बोल्नुपर्नेमा सजग छिन् । उनी भन्छिन्, 'हाम्रा दर्शकहरू पनि एकदमै लाटा–सोझा हुनुहुन्छ । एक हिसाबले भन्दा अत्यन्तै निर्दोष हुनुहुन्छ । पर्दामा जे देखाइन्छ उसको वास्तविक जीवन पनि त्यस्तै होला भनेर आँकलन गरिदिनुहुन्छ । पर्दामा कुनै पात्र नराम्रो भूमिकामा छ भने वास्तविक जीवनमा पनि ऊ त्यस्तै होला भनेर अड्कल काट्ने गरिन्छ तर त्यसो होइन । मलाई लाग्छ अबका दर्शकहरू विश्लेषण गर्ने क्षमताका निस्किन्छन् र हामीजस्ता कलाकारले आफूलाई अझ निखार्ने र तिखार्ने मौका पाउँछौं ।'

स्नातक तहमा अध्ययनरत गरिमाले अभिनय गरेको भुर–भुर पुतलीको टिमले नबोली नबोली...का प्रस्ताव गरे, त्यही गीतले उनलाई हिट बनाइदियो । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । पुष्प खड्का, पल शाहलगायतका चल्तीका हिरोसँग म्युजिक भिडियोमा अभिनय गरिसकेकी गरिमाको अबको इच्छा ठूलोपर्दाको चलचित्रमा अभिनय गर्ने हो ।
गरिमालाई मनपर्छ
मासु–भात
सहज खालका पहिरन
पानीमा भिज्न
फिक्सन पात्र सिन्ड्रेला
हिन्दी फिल्म विवाह
सनस्क्रिन लगाउन
पल शाह
सकारात्मक सोचका मान्छेहरू
तस्बिर ः महेश प्रधान
पहिरन ः सुषमा सिंह, वुमन्स प्लानेट, दरबारमार्ग
मेकअप ः पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी, नयाँ बानेश्वर
लोकेसन ः रोयल थाई हस्पिटालिटी, राधेराधे भक्तपुर