मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

अफगानिस्तानको काबुलस्थित शिक्षा विभागले १२ वर्षभन्दा माथिका किशोरीहरूले पुरुष उपस्थित भएका सार्वजनिक ठाउँमा गीत गाउन प्रतिबन्ध लगाएको छ । प्रतिबन्धपछि सामाजिक सञ्जालमा व्यापक विरोध र चासो व्यक्त गरिएको छ । धेरैले अफगान महिलाहरूले गाएका आफूलाई मन पर्ने गीतका भिडियोहरू सामाजिक सञ्जालमा हालेका छन् । आलोचना बढ्दै गएपछि शिक्षा मन्त्रालयले एउटा स्पष्टीकरण जारी गर्दै त्यसबारे अनुसन्धान भइरहेको र प्रतिबन्धले ‘मन्त्रालयको नीति वा त्यसबारे धारणा प्रतिबिम्बित नगर्ने’ जनाएको छ । पियानो वादक मारम अताईका अनुसार प्रतिबन्ध जारी रह्यो र युवतीहरूलाई गीत गाउनबाट रोकियो भने हामीले हाम्रो संस्कृतिको एउटा हिस्सा गुमाउनेछौं । सबै महिला रहेको जोहरा अर्केस्ट्रा संगीत समूहकी उनी एक सदस्य हुन् । १८ वर्षीया उनी काबुलकी हुन् र उनी अफगानिस्तान नेसनल इन्स्टिच्युट अफ म्युजिकमा अध्ययनरत छिन् ।