३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।

सुन्दर देखिन मोडल तथा अभिनेतृहरूले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौं । कतिपयले त कस्मेटिक सर्जरी गराएर पुरानो रूप नै बदलेका हुन्छन् । युक्रेनकी एक अभिनेतृ तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चित छिन् । कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छन् । ३२ वर्षकी अनास्तासियालाई अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो । कस्मेटिक सर्जरीका लागि उनले २१ सय डलर खर्च गरिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ र पुराना तस्बिरहरू शेयर गरेकी छन् । उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ । कस्मेटिक सर्जरीबाट उनको गाला अस्वाभाविक रूपमा उठेको छ र ओठ पनि फुलेका छन् ।