नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।

मिस नेपाल २०१८ शृङ्खला खतिवडा स्नातकोत्तर गर्न अमेरिका जाने भएकी छन् । उनले हार्वर्ड विश्वविद्यालमा ‘सहरी विकास’ विषय पढ्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत उक्त विश्वविद्यालयमा अध्ययन गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएकी छन् । पछिल्लो समय आर्किटेक्चर र समाजसेवामा व्यस्त उनले पुल्चोक क्याम्पसबाट आर्किटेक्टमा स्नातक गरेकी हुन् ।