प्रतिभाशाली दिदीबहिनी
गायिका, मोडल तथा कलाकार नवश्रीको ‘हर नाद’ गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ ।

कसैले तपाईंलाई के गर्नुहुन्छ भन्ने प्रश्न गर्यो भने तपाईंको उत्तर के हुन्छ ?
व्यावसायिक महिला हुँ भन्छु । इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा धेरै महिला छैनन् म कर्पोरेट इभेन्ट म्यानेजमेन्ट गर्छु । एभरेस्ट प्रिमियर लिगको आयोजक टिमको विशेष सदस्यको भूमिका निर्वाह गरिरहेकी छु ।
तपाईंलाई उद्यमशीलता र स्पोर्ट म्यानेजमेन्टमध्ये कुनमा रुचि छ ?
दुवैलाई सँगै लान चाहन्छु ।
तपाईं सफल हुनुको एउटै मात्र कारण के होला ?
कामप्रतिको लगाव ।
उद्यमशीलताबाहेक अरु केमा खुसी हुनुहुन्छ ?
म क्रिकेट लभर हुँ ।
तपाईं कामबाट टाढा रहन सक्नुहुन्छ ?
म कामबाट टाढा रहने कुरा त सोच्नै सक्दिन । किनकि कामबाटै मलाई मान्छेले चिने, मैले यसैमा खुसी भेट्टाएँ । काम नै साथी बन्यो । त्यसैले कामबाट टाढा बस्ने कुरै भएन ।
तपाईंलाई के कुराको बढी डर लाग्छ ?
डर त कुनै कुरामा लाग्दैन । कोभिडले गर्दा काम रोकिए पनि अर्को योजनामा चलिहाले । म सधै विकल्प राखिराख्ने मान्छे हुँ ।
एभरेस्ट प्रिमियर लिगका लागि उत्कृष्ट एकलाई छान्नुपर्यो भने कसलाई छान्नुहुन्छ, किन ?
सन्दीप लामिछाने । उहाँले हाम्रो देशको नाम अन्तर्राष्ट्रियकरण गर्नुभएको छ ।
तपाईंको विचारमा सामाजिक सञ्जालमा बढी लोकप्रिय कुन खेलाडी छन् । यसको कारण के होला ?
सन्दीप नै हो । अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात हुनुहुन्छ । गीत गाउनु उहाँको प्लस प्वाइन्ट हो ।
तपाईं खराब टिमको स्टार खेलाडी छान्नुहुन्छ वा राम्रो टिमको ठिक्कको खेलाडी ?
स्टार खेलाडीलाई नै छान्छु ।
तपाईंको बेस्ट स्पोर्ट्स हिरो ?
स्टिभ स्मिथ ।