‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कविता
भन्दछन् सबैले, आयो महिला र पुरुषबीच समानता
हेर्न पाइन्न न्याय जब महिलाको हकमा आउँदा
स्वामित्व र सरकार पुरुषको हैकममा
खोजिएछ सुरक्षा र न्याय महिलाको हकमा
आन्दोलन र विरोध चर्काचर्की गरेर
न्यायका पाना–पाना लथालिङ्ग फालिएर
खोज्दछन् न्याय महिलाको हकमा
पाइन्छ हार, सेलाएर जान्छ
अब गर्छु र गर्नेछु भन्दैमा अर्कै घटना घट्छ
बोक्सीको आरोपमा महिलालाई अझै छ समाजमा दुर्दशा
पुरुष बलात्कारीलाई गरिएछ बेवास्ता
गुहार–पुकार गर्दछन् बारम्बार
जोखिममा महिला र बालिका घरदेखि बाहर ।
वर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज
दिनहुँ बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज
समाजकर्मी र पत्रकार गर्नसम्म गर्दैछन् पर्दाफास
बेवास्ता पूर्ण अन्धो आँखा र बहिरो कानको अब के काज
बोक्सीको आरोपमा महिलालाई जसरी गर्दैछन् दण्डित अझै समाज
कानुन र दण्डको पर्खाइमा कयौंका गए ज्यान र लाज
महिला दण्डित गर्न सक्ने अग्रसर समाज
बलात्कारी पुरुषको किन छोप्दैछ लाज
गर्भदेखि पीडित महिला, जीवनभर जोखिममा
बलात्कार गरी हत्यासम्म गर्ने पापी, घुम्दैछन् टोल–समाजमा
महिला भएर, बोक्सी महिलालाई दिशा र मूत्र खुवाउने आँट छ
दुष्कर्मी पापीलाई आफन्त पुरुषले पक्कै बचाएको हुनुपर्छ ।
गर्दछन् नक्कल मित्र देशको, संरचनाको हरेक पक्षमा
खै त कानुन छिमेकीजस्तै आफ्नो देश र समाजमा
लुकेर दुष्कर्म गर्ने पापी, छल्दैछन् कानुन, सबलाई ढाँटी
शिक्षामा पहुँच, रोजगारीको अवसर, पुगाएर स्वास्थ्यमा सुधार
अभाव मात्र सुरक्षाको, त्यसकै फाइदा उठाई, दुष्कर्मीले गर्दैछ प्रहार ।
कानुन र न्याय नाम मात्रको,जब नैतिकता नै हुन्छ पतन
लालनपालन र सामाजिकीकरण, खै केको कमीले, दिन्छ यी पापीको जन्म
वर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज
दिनहँु बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज ।