महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

के माया लाग्छ र ?
उख्खुमै लाग्छ नि ।
कसको ?
मेरा दर्शक, श्रोता र मलाई माया गर्ने सम्पूर्णको ।
माया के हो ?
फिलिंग्स हो ।
गीत–संगीतमा मायाका कुरा मात्रै धेरै गरिने किन होला ?
हरेकको जीवनमा एकपटक वास्तविक प्रेम हुन्छ । मानव जीवनमा मायाको अर्थ र महत्व अपरम्पार छ । मायाले मानिसको जीवनमा छुट्टै प्रभाव पार्छ । माया शक्ति हो भने संगीत साधना हो । तसर्थ संगीतमा मायाको मिश्रण भएन भने खल्लो हुन्छ ।
तपाईंमा भएको कुन विशेष कलाले संगीतमा लोकप्रिय
हुन मद्दत गर्यो ?
मेरो फरक स्वर र मिलनसार स्वभावले ।
घरबाट टाढा रहँदा के गरेर न्यास्रो मेटाउनुहुन्छ ?
ममीसँग भिडियो कल गरेर, टिकटकमा समय बिताएर ।
तपाईंसँग भएको पछिल्लो रमाइलो घटना ?
लकडाउनमा घर (झापा) बाट काठमाडौं आउँदा ठाउँ–ठाउँमा चेकिङ हुँदा झूटो बोल्दै काठमाडौं आइपुगियो, नयाँ र अनौठो अनुभव बटुलियो ।
युवा नै हुनुहुन्छ, करिअरमा कस्तो चुनौती देख्नुहुन्छ ?
मभन्दा धेरै प्रतिभाशाली र वर्षौं साधना गरेका स्रष्टाहरू हुनुहुन्छ, संगीत क्षेत्रमा । मलाई आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने र कमाएको नामलाई टिकाइराख्नुपर्ने चुनौती छ ।
तपाईंलाई कसैले सोधेको अनौठो र एकदमै रमाइलो कुरा ?
मेरो भिडियो हेरेर सबैले तपाईंको विवाह भयो भनेर सोध्छन्, २२ वर्षकी मलाई यस्तो प्रश्न सुन्दा अनौठो लाग्छ ।
कुनै गीतको एक अन्तरा तपाईंकै लागि दिइयो भने कुन छान्नुहुन्छ ?
‘दिन पनि सहुँला’ बोलको गीतको ‘चाहिँदैन सुनको सिक्री, सुनैको बाला’ भन्ने अन्तराले मेरो आवाज बोल्छ ।
ॅएनिमल किङडम’ का लागि राजा छान्ने जिम्मा तपाईंलाई दिइयो भने कुन जनावर छान्नुहुन्छ ?
सिंहलाई ।
तपाईंले गाउने गीतमा राख्नैपर्ने कुरा र राख्न नहुने कुरा ?
राम्रा र सन्देशमूलक शब्द हुनैपर्छ भने छाडा र दोहोरो अर्थ लाग्ने शब्द हुनुहुँदैन ।
तपाईंलाई गाउन मन लागेको नेपालीबाहेक अर्को भाषाको गीत ?
हिन्दी ।
तपाईंलाई मनपर्ने एप ?
फेसबुक ।
अरूले थाहा नपाएको तपाईंको बानी ?
म रिसाहा छु ।
आफ्नो सुधार्नुपर्ने कुरा ?
हरेक कुरामा परिपक्व हुन चाहन्छु ।
इन्स्टाग्राम कि टिकटक ?
टिकटक ।