शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।
फिल्म सुटिङका क्रममा आफूमाथि भएको दुर्व्यवहारबारे बोल्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवादमा तानिएकी छन् । उनका विरुद्ध अभिनेता तथा निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मानहानिको मुद्दा हालेका छन् । केसीले १० करोडको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका हुन् । यस विषयमा चलचित्रकर्मीहरू साम्राज्ञी र भुवनको पक्ष/विपक्षमा सामाजिक सञ्जालमा आ–आफ्ना विचार पोखिरहेका छन् । तर, साम्राज्ञी भने कसैसँग सहयोग नलिई आफैं डटेर अघि बढ्ने बताइरहेकी छन् । उनी यस विषयमा निडर देखिन्छिन् । आफूले न्याय पाउनेमा उनी ढुक्क छिन् । अब हेरौं अदालतले के फैसला गर्छ ?