श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
बिहानको १० बजेदेखि नै हेटौंडा उपमहानगरपालिका–९ को मुन्ना अटो वर्कसपमा ‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ लेखिएको कालो ज्याकेट लगाएका महिला देखिन्छन् । हातमा रेन्च, पिलास र अन्य उपकरण लिएका उनीहरू मोटरसाइकल मर्मत गर्न थाल्छन् । उक्त दृश्य देख्दा अधिकांश आश्चर्यमा पर्छन् । नजिकै आएर सोध्छन्, ‘तपाईंले के गर्न लाग्नुभएको ?’ पछि उनीहरूले बुझ्छन् कि, यहाँ महिलाका लागि अटो मेकानिक तालिमअन्तर्गत सीप विकास तालिम सञ्चालन भइरहेको छ ।
‘पहिले यस्तो मेसिनरी काम पुरुषले मात्र गर्न सक्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ’ तालिम लिइरहेकी हेटौंडा १५ की निरु सुनार भन्छिन्, ‘तालिम लिएपछि आफैंले चक्का फेर्ने, नटहरू कस्ने, चेन इस्पकेटका काम सबै गर्न सक्छु ।’ केही समयअघि श्रीमान्को मोटरसाइकल मर्मत गर्दा खुसी लागेको उनले बताइन् । सीप सिकिरहेकी अनुजा प्रजाले भन्छिन्, ‘तालिम लिन थालेपछि मान्छेले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । आफैं केही गर्न सकिन्न भन्ने आँट बढेको छ ।’
हेटौंडा १८, हर्नामाडीमा पनि यस्तै अटो मेकानिक तालिम सञ्चालन भएको छ । जहाँ सुकौराका तल्लो भेगका महिला सहभागी भएको हेटौंडा– १८ का वडाध्यक्ष अनिल बानियाँले बताए । हेटौंडामा पहिलोपटक महिलाका लागि यस्तो तालिम सञ्चालन भएको हो । दलित तथा जनजाति महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास सेवाले उक्त तालिम सञ्चालन गरेको हो ।
‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ परियोजनाअन्तर्गत हेटौंडा १५ र १८ मा महिलाहरूका लागि अटो मेकानिक उद्यम संचालन भइरहेको छ । हेटौंडा १५ र १८ मा ५–५ जना महिलाको समूह बनाई संचालन गरिएको तालिममा ७ जना दलित र ३ जना जनजाति महिलाको सहभागिता छ । तालिमका सहभागी महिलाहरू ग्यारेज स्थापनाका लागि उपयुक्त ठाउँ खोज्न थालिसकेका छन् ।