हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
रेडियो कान्तिपुरले गायिका मीरा राणालाई सम्मान गर्ने भएको छ । रेडियोले आफ्नो मासिक सांगीतिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ मा यसपटक गायिका राणालाई सम्मान गर्न लागेको हो ।
पुल्चोकस्थित रेडियो कान्तिपुरको स्टुडियोमा आज शनिबार हुने कार्यक्रममा नीशा देसार, बानिका प्रधान, मेनुका प्रधान, सबिन सुवेदी तथा चिरीमाया महर्जनले गायिका राणाका लोकप्रिय गीत प्रत्यक्ष गाउने छन् ।
‘मखमली चोलो चाहिँदैन’, ‘बाडुली लाग्यो’, ‘बिर्सिएर मैले फेरि’ आदि गायिका राणाका लोकप्रिय गीत हुन् । यो कार्यक्रम मध्यान्न १२ बजेसम्म रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण हुनेछ ।