‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
अहिले धूम्रपान गर्नेहरूको संख्या बढ्दो छ । युवा–युवती एवं बूढापाका सबैले धूम्रपान गर्छन् । जाडोमा चिसोबाट जोगिने वहनामा पनि यसको सेवन गर्नेहरू प्रशस्तै छन् । अधिक धूम्रपानले कम उमेरमै बूढोजस्तो देखिने अध्ययनबाट पत्ता लागेको छ । अमेरिकामा गरिएको अध्ययनअनुसार चुरोट बढी सेवन गर्नेहरू वास्तविक उमेरभन्दा बढी बूढो देखिने गरेका छन् ।
अध्ययनकर्ताहरूले सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । जसमध्ये एउटा समूहमा कहिल्यै धूम्रपान नगर्ने तथा अर्को समूहमा अहिले धूम्रपान गरिरहेका तथा विगतमा गरेकाहरूलाई समेटिएको थियो ।
अन्य कुरा समान रहे पनि धूम्रपान गर्ने तथा नगर्ने बीचको तुलना गर्दा धूम्रपान नगर्ने भन्दा गर्नेहरू बढी बूढो देखिएको उक्त अध्ययनले देखाएको छ । यसका साथै बढी धूम्रपान गर्नेहरूमा बुढ्यौलीका साथै घाँटी, फोक्सो, आन्द्रा, छाला आदिमा समस्या देखिन्छ । यसको असर कति मात्रामा धूम्रपान गरिएको भन्ने कुरामा भर पर्ने बताइन्छ ।