नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
जावलाखेलमा सुस्वास्थ्य मेडी स्पा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरबाट उपचार गराउनु स्पाको विशेषता हो । मेडी स्पामा जिम स्पासम्बन्धी सुविधा लिन सकिन्छ भने तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी लिन सकिन्छ ।
बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा आउने स्पामा एक पटकमा ४ जनासम्मले सुविधा लिन सक्छन् । १ हजारदेखि ४ हजार रुपियाँसम्मका सुविधा उपलब्ध छन् ।