प्रकृतिप्रेमी सृष्टि
‘मिस नेपाल २०१२’ की विजेता हुन्–सृष्टि श्रेष्ठ । सानैदेखि शान्त र अन्तर्मुखी स्वभावकी उनी पछिल्लो समय चलचित्र र थिएटरमा सक्रिय छिन् ।

पहिरन
म धेरैजसो क्याजुअल ड्रेसमा देखिन्छु । सजिलो पहिरन छनोट गर्छु । जिन्स सबैलाई मनपर्छ तर मलाई भने जिन्स लगाउन मन लाग्दैन । टाइट लुगा पनि मन पर्दैन । त्यसैले लेगिङ्स, ट्राउजरजस्ता खुल्ला पहिरन बढी लगाउँछु ।
रंग
नीलो रंग एकदमै मनपर्छ । नीलो रंगका पहिरन धेरै छन् ।
मेकअप
कहिल्यै भारी मेकअप गर्दिनँ । सन्सक्रिम र गाजल भने सधैं लगाउँछु । आवश्यकतानुसार फाउन्डेसन, मोइस्चराइजर र लिपिस्टिक लगाउँछु ।
एसेसरिज
धेरै एसेसरिज लगाउँदिन । हातमा घडी र कानमा टप कहिल्यै छुट्दैन ।
केशको स्याहार
केशका लागि हेयर मसाज गरिरहन्छु ।
फिटनेस
व्यस्तताले लगातार फिटनेसमा ध्यान दिन सकिँदैन । समय मिल्दा भने स्वीमिङ र डान्स गर्छु ।
बढी खर्च
मेकअप र पहिरनमा धेरै खर्च गर्छु । यी दुई कुरामा ब्रान्ड कन्सेस पनि छु ।
फुटवेयर
म प्राय: स्पोर्ट सुज लगाउँछु । आवश्यकतानुसार हल्का हिल जुत्ता लगाउँछु । तर पेन्सिल हिल भने लगाउन सक्दिनँ ।