सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
लिटल आइकन २०२० को विजेता इमाडोलस्थित पिस प्वाइन्ट स्कुलकी आश्री दाहालले हात पारेकी छन् । यसै साता जमलस्थित नाचघरमा सम्पन्न लिटल आइकन २०२० को फाइनल राउण्डमा २९ स्कुलका प्रतिस्पर्धीलाई पछि पार्दै उनी लिटल आइकन सिजन–९ को विजेता बनेकी हुन् । दाहाल पिस प्वाइन्ट स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।
त्यसरी नै पिस प्वाइन्ट स्कुलकै कक्षा ३ की छात्रा ऋतु राईले ‘मोस्ट एक्टिभ’ अवार्ड हात पारिन् । आइकन प्रतियोगितामा आयोजक ‘एएनपी मिडिया हाउस’ ले प्रतियोगीहरूलाई विभिन्न प्रश्न र उनीहरूको प्रतिभाको मूल्यांकन गरेका थिए ।