‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।
मलको दसौं तल्लामा सञ्चालनमा आएको लाउन्चबाट काठमाडौंदेखि एयरपोर्टको भ्यु देख्न सकिन्छ ।
१२० जनाको क्षमता भएको लाउन्चमा फ्रेस टाबेल प्रयोग गर्ने सुविधा छ ।