‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।

काठमाडौंमा ‘मुक्तक दिवस’को अवसरमा ‘मुक्तक मेलाको आयोजना गरिएके छ । नेपाल मुक्तक प्रतिष्ठानले शनिबार सम्पन्न गरेको उक्त ‘मुक्तक मेला’मा १३ जना नारी स्रष्टाले मुक्तक सुनाएका छन् ।
कार्यक्रममा दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना लगायतका मुक्तककारले मुक्तक वाचन गरेको हुन् ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा मुक्तक सुन्न पाएकोले मुक्तकिलो समय बितेको उल्लेख गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुक्तक प्रतिष्ठानसँग मिलेर यस किसिमको मेलाको आयोजन गर्न पाउँदा खुसी लागेको बताए ।
मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न मुक्तक मेलामा रमेश पौडेललगायतले बोलेका थिए ।