रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।
काठमाडौंमा ‘मुक्तक दिवस’को अवसरमा ‘मुक्तक मेलाको आयोजना गरिएके छ । नेपाल मुक्तक प्रतिष्ठानले शनिबार सम्पन्न गरेको उक्त ‘मुक्तक मेला’मा १३ जना नारी स्रष्टाले मुक्तक सुनाएका छन् ।
कार्यक्रममा दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना लगायतका मुक्तककारले मुक्तक वाचन गरेको हुन् ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा मुक्तक सुन्न पाएकोले मुक्तकिलो समय बितेको उल्लेख गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले मुक्तक प्रतिष्ठानसँग मिलेर यस किसिमको मेलाको आयोजन गर्न पाउँदा खुसी लागेको बताए ।
मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न मुक्तक मेलामा रमेश पौडेललगायतले बोलेका थिए ।