फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।

लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम सिन्धुलीमा शुरु भएको छ ।
संचारिका समूहले आयोजना गरेको दुई दिने मोजो तालिममा जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको छ ।
संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) को सहयोगमा भएको तालिममा फोटो पत्रकार विकास कार्की र संचारिका समूहका अध्यक्ष नितु पण्डितले प्रशिक्षण दिइरहेका छन् ।