अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

रचना बस्नेत
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे
मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे
भइरहेको छ बाल विवाह अझै पनि
भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
मधेशमा कुरै नगरौं दाइजो र तिलकको
यही प्रथाले लगेको छ प्राण धेरै महिलाको
उठे र उठी नै रहेका छन् धेरै आवाज महिला सशक्तीकरणको
तर के गर्नु मस्त निदाएको छ स्थानीय सरकार यतातिर को
भन्छन् आसनमा महिला शासनमा महिला
तर यहाँ त पछाडि र हेपिएका भनी चर्को भाषणमा सीमित छन् महिला
संस्कार र सभ्यता जोगाउन मस्त छन् महिला
उपाधि पाएर पनि पर्दा पछडि नै बस्दछन् महिला
बेटी बचाउ बेटी पढाउ“को नारा छ चर्को
यही कुरामा काम गर्न धेरै सरोकारवाला मान्छन् झर्को
बनेका छन् सञ्जाल नीति नियम अनेक
सहयोग गर्ने भन्दा पनि बिगार्ने छन् अनेक
आउँछ जान्छ प्रत्येक वर्ष महिला हिंसा विरुद्धको दिवस
कुटिन्छन् पिटिन्छन् मारिन्छन् तर यस विरुद्ध बोल्ने चाहिन्छ प्रत्येक दिवस्
जगाऔं अब अत्ति भो, देखाउन होइन सा“चो हिंसा हटाउन अघि बढौं
वर्षमा एक दिन हैन हरेक दिन मनाऔं महिला हिंसा विरुद्धको दिवस
जागौं पल पल प्रत्येक दिन महिलालाई संरक्षण र सुरक्षा दिन लागौं ।