म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।
नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ । काराभित्र कैदी महिलाहरुको कथा लेखेको कार्कीले बताएकी छिन् । उनी भन्छिन् ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’
निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा भएको कर्कीको भनाई छ । कारामा बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो ताडना र यातनाको गाथा समेटिएको बताइएको छ ।
‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनें । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले बताइन ।