दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।
सिंगापुर र मलेशियामा संयुक्त रुपमा संचालन हुँदै गरेको मिस लुमियरी इन्टरनेसनल वल्र्ड २०१९ मा नेपालका तर्फबाट सिम्रन श्रेष्ठको सहभागिता रहेको छ । मिस पूर्वाञ्चल २०१७ का उप विजेता रहिसकेकी धरान निवासी सिम्रन मोडल एवं फेसन कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन् ।
डिसेम्बर ७ तारिखमा मलेशियाको जोहोर बाह्रुमा फाइनल प्रतिस्पर्धा तय गरिएको यो प्रतियोगितामा नेपालकी सिम्रन संगै विश्वका दुई दर्जन बढी मुलुकका सुन्दरीहरु मुख्य उपाधि दौडमा सहभागि रहेका छन् । सो प्रतियोगिताका लागि सिम्रनको सहभागिताको व्यवस्थापन प्रिया रानी प्रोडक्सनले गरेको हो ।