प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
साउदी अरेबियामा गत वर्षदेखि मात्र महिलाले कार चलाउन पाउने नियम लागू भएको थियो । यही सुविधालाई उपयोग गरी हालै एक महिला रिमा जुफालीले कार रेसिङमा समेत भाग लिएकी छिन् । यद्यपि उनी पाहुनाका रूपमा मात्र रेसिङमा सहभागी भइन् । उनले राजधानी रियाद नजिक दिरियामा आयोजित ज्यागुअर आई–पेस ई–ट्रफी रेसमा भाग लिइन् ।
साउदी अरबको जेद्दा सहरमा जन्मेकी जुफालीले अमेरिकामा शिक्षा लिएकी थिइन् । २७ वर्षीया रिमाले केही वर्षपहिले अमेरिकामा ड्राइभिङ प्रशिक्षण लिएकी थिइन् । उनले त्यसपछि आफ्नै देशमा कार रेसिङको लाइसेन्स प्राप्त गरिन् । उक्त लाइसेन्स कुनै पनि कार रेसिङ च्याम्पियनसिपमा भाग लिनका लागि चाहिन्छ । उनले योभन्दा पहिलो पटक पेसेवर रेसरका रूपमा गत वर्ष अप्रिलमा सम्पन्न एफ–४ ब्रिटिस च्याम्पियनसिपमा भाग लिएकी थिइन् । रिमाले फ्रान्सको म्यान्समा हुने सबैभन्दा प्रतिष्ठित च्याम्पियनसिप वान डे रेसमा भाग लिने उद्देश्य लिएकी छन् ।