‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
गत नोभेम्बर २१ मा फिलिपिन्सको मनिलास्थित कोभ नाइट क्लबमा सम्पन्न भएको पहिलो संस्करणको ग्लोबल एशियन मोडल २०१९ मा नेपालबाट सहभागिता जनाएकी सोफिया भुजेलले महिला प्रतिस्पर्धीहरुको समूहमा टप टेनसम्म यात्रा तय गर्न सफल भएकी छिन् ।
टप टेन भित्र सोफियासँगै जापान, फिलिपिन्स, क्यानाडा, थाइल्याण्ड, बेलायत, सिंगापुर, अमेरिका र भियतनामका दुई जना प्रतिस्पर्धीहरु पुग्न सफल भएका थिए ।
२३ वर्षिया काठमाडौं निवासी सोफिया भुजेल पााच फिट सात इन्च उाचाईकी छिन् । मिस नेपाल २०१९ को प्रतिस्पर्धी समेत रहिसकेकी सोफियाले मिस नेपाल प्रतियोगितामा टप सेभेन सम्मको यात्रा तय गरेकी थिइन् ।
प्रतियोगिताको मुख्य उपाधि भने थाइल्याण्डका फाल्को सोर्ननारिन र आर्टिटाया प्रोमचार्टले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ नेपालबाट साङ्गे गेलेकको सहभागिता रहेको थियो ।