Successfully Copied

प्रकृतिको अनुपमसँग पार्क भिलेज रिसोर्ट

कंक्रिट सहरभित्रै पनि टनेलबाट छिरेपछिको विशाल र घना जंगल जस्तो संसार यहाँको मुख्य विशेषता हो ।

माया शाक्य, कार्यकारी निर्देशक, पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ
तुलनात्मक रूपमा पार्क भिलेज किन फरक छ ?
मूलत: प्रकृतिले गर्दा नै हो त्यसका अलावा हामीले यहाँभित्र एउटा छुट्टै संसार बनाएका छौं । कंक्रिट सहरभित्रै पनि टनेलबाट छिरेपछिको विशाल र घना जंगल जस्तो संसार यहाँको मुख्य विशेषता हो । हामीले यहाँभित्र हकाइडो रामेन जापनिज, ट्राटोरिया इटालिनयन, अल्फ्रेस्को नेपाली तथा कन्टिनेन्टल र सिल्क आइसक्रिम पार्लरलगायतका फुड हब निर्माण गर्न सफल भएका छौं । ३ हजारभन्दा बढी विविध प्रजातिका रुखबिरुवाले प्रदान गर्ने स्वच्छ हावा, चराचुरुङ्गीको चिरबिर आवाज, यहाँभित्र सञ्चालित स्पामा नेचुरल मेडिसिनलगायतका विशेष सेवाका कारण यो पृथक् बनेको छ ।
यहाँका सेवा–सुविधा के–कस्ता छन् ?
प्रकृतिको अनुपम संगम पार्क भिलेजभित्र स्वीमिङ, स्टिम, सौना, जिमहल, टेनिस कोर्ट, पिकेट बल, विविध स्वादका परिकार, फराकिलो पार्किङ, सुविधाजनक रुमहरू, अपार्टमेन्ट, भिल्ला, ब्यांक्केट हललगायतका सुविधामार्फत घरेलु वातावरणका साथ उत्कृष्ट सेवा पस्किइरहेका छौं । यहाँबाट ५ मिनेट पैदल दूरीमा नारायणस्थानको मन्दिर छ भने १० मिनेटको पैदल यात्रापछि शिवपुरी हाइकिङ ट्ेरल पुग्न सकिन्छ ।
पर्यटन क्षेत्रमा केजीएच गु्रप र पार्क भिलेजको योगदान कहाँनिर छ ?
केजीएच गु्रपभित्र थुप्रै होटल–रिसोर्ट सञ्चालनमा छन् । काठमाडौंदेखि पोखरा, चितवन, लुम्बिनीसम्म फैलिएका यी संस्था राम्रो र प्रभावकारी टुरिजम डेस्टिनेसन बन्न सफल छन् । जहाँसम्म पार्क भिलेजको कुरा छ यो सुरु हुनुअघि यो ठाउँमा स्याल र चोरले स्थानीयलाई निकै दु:ख दिने कुरा सुन्न पाइन्छ । आज पार्क भिलेजकै कारण यहाँ बाक्लो बस्ती बस्दै गयो, कयौं होटल–रेस्टुरेन्ट खुले, व्यापार–व्यवसाय बढ्दै गयो, सुरक्षित वातावरण बन्दै गयो । त्यसैले यो पर्यटकका लागि समेत आकर्षक गन्तव्य बन्न सफल भयो । बूढानीलकण्ठ भगवान् विष्णुको पवित्र क्षेत्र हो । यो नाग देवताको स्थल पनि हो । त्यसकारण यसको संरक्षण र विकास भएको छ ।
मानिसहरू यहाँ किन र केका लागि आउने ?
मानिसहरू यहाँ आउने भनेकै नेचर इन्जोय प्रमुख कारण हो । त्यसबाहेक धार्मिक र आध्यात्मिक कारण पनि छ । यहाँका खाना, मायालु सत्कार र आतिथ्य तथा रिफ्रेसमेन्टका लागि यहाँ आउनेहरूको संख्या बढ्दो छ । 

 Image