Successfully Copied

विषाक्त खाद्यले घरपालुवालाई समस्या 

चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

घरभित्रका केही खानेकुराले घरपालुवामा छारे रोगजस्तै लक्षणहरू देखिन सक्छन् । कुकुरहरूमा चेतना गुम्नु, हातखुट्टा फाल्नु, र्‍याल चुहाउनु, आँखा ठूलो तथा रातो हुनु, ज्वरो अत्यधिक बढ्नु, बेहोस हुनु यो रोगका सामान्य लक्षण हुन् । 

निम्न खाद्यपदार्थ खाएमा कुकुरमा माथिका लक्षणहरू देखिन सक्छन् :

चकलेट

चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

क्याफिन 

क्याफिन एक उत्तेजक पदार्थ हो । यसले कुकुरको हृदयको गति बढाउँछ, ‘कार्डियक एरिथिमया’ मांसपेशीमा कम्पन उत्पन्न गराउँछ । 

झाइलिटोल

चुइँगम, मिन्ट, पिनट, वटर इत्यादिमा यो पाइन्छ । यसको सेवनले कुकुरमा रगतको कमीले हाइपोग्लाइसेमिया गराउँछ र लक्षणहरू छारे रोग जस्तै हुन्छन् ।

रक्सी

अल्कोहलका साथै ह्यान्ड स्यानिटाइजर, माउथ वास, कस्मेटिक वुलेन्टजस्ता पदार्थले घरपालुवाको स्नायु प्रणालीलाई आघात पुर्‍याउँछ र छारे रोगका लक्षणहरू देखा पर्न सक्छन् ।

मानव औषधि

कहिलेकाहीँ हामीले आफ्ना पशुचिकित्सकको सल्लाहबिना नै केही औषधि प्रयोग गर्छौं । जस्तै : इबुफ्रेन, पारासिटामोल, फ्लेक्सन, निमुसलाइड । यी औषधिहरू घरपालुवाका लागि घातक हुन्छन् । 

च्याउ

केही प्रजातिका च्याउ घरपालुवाका लागि विषाक्त हुन्छन् । च्याउले कलेजो, मृगौलालाई क्षति पुर्‍याउने र ‘न्युरोटोक्सिक’ हुन सक्छ ।

किटनाशकहरू

‘स्ट्राइक्निइन’ तथा ‘बिफेन्थ्रिन’ विषादीहरूमा प्रयोग गरिन्छ । यी रसायनले घरपालुवाको श्वासप्रश्वास तथा स्नायु प्रणालीलाई असर गर्छन् । किटनाशकबाट घरपालुवाको मृत्युसम्म हुन सक्छ ।

 

 Image