Successfully Copied

चाडबाड, खानपिन  र महिला

चाडबाडको अवसरमा दिदीबहिनी, आफन्त तथा समुदायसँग खाना खाँदा आफूले नियमित खाइरहेको खानाभन्दा पृथक् स्वाद चाख्न पाइने, अन्य समुदायले खाने परिकारका सम्बन्धमा जानकारी पाइने हुन्छ भने आफ्नो पकाउने सीपमा समेत निखार ल्याउन मद्दत पुग्छ ।

सधैंजसो परिवारको खाना तथा स्वास्थ्यको अभिभारा लिने महिलाहरू चाडबाडका बेला अझ उत्साहित र सक्रियताका साथ नयाँ–नयाँ परिकार खान–ख्वाउन रुचाउँछन् । चाडबाडको अवसरमा दिदीबहिनी, आफन्त तथा समुदायसँग खाना खाँदा आफूले नियमित खाइरहेको खानाभन्दा पृथक् स्वाद चाख्न पाइने, अन्य समुदायले खाने परिकारका सम्बन्धमा जानकारी पाइने हुन्छ भने आफ्नो पकाउने सीपमा समेत निखार ल्याउन मद्दत पुग्छ ।

यति हुँदाहुँदै पनि सबैभन्दा ख्याल गर्नुपर्ने कुरा भनेको आफ्नो र आफन्तको स्वास्थ्य नै हो । त्यसैले दिदीबहिनीहरूले घरबाहिर जमघट गरेर खाने हो भने सकेसम्म आफूले अर्डर गरेअनुरूपको स्वस्थ खाना बनाउन सम्भव हुने विश्वसनीय ठाउँको व्यवस्था गर्नुका साथै आफूले पनि नयाँ–नयाँ स्वास्थ्यवर्द्धक बालीबाट बन्ने परिकार बनाउने प्रयास गनुपर्छ ।

आफन्त वा समाज मिलेर खाने भए सकेसम्म सबैले विविध परिकार पकाएर खाँदा आफूले एउटा परिकार बनाएर ल्याउँदा पनि सबैको रोजाइका खाना खान पाइन्छ । यसरी कार्यक्रम गर्दा स्वास्थ्यमा पर्ने सकारात्मक असर त छँदैछ, यस्तो प्रक्रियाबाट बालबालिकाले पनि संस्कार सिक्ने एवं त्यसलाई निरन्तरता दिने प्रक्रिया अघि बढ्छ । 

 Image