महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

मेष
पारिवारिक सुख एवं समृद्धि वृद्धि हुनेछ । आफ्ना प्रियजनसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीको खुसीका लागि कुनै कुरामा सम्झौता गर्नुपर्ला । खर्च बढ्न सक्छ । व्यावसायिक क्षेत्र सन्तोषप्रद रहनेछ । आफ्नो खानपान, स्वास्थ्य एवं व्यायाममा ध्यान दिए सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।
वृष
साथीसंगीहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा कुनै नयाँ काम गर्ने सोच आउनसक्छ । रक्तचापमा घटबढ हुनसक्ने भएकाले खानपानमा सजग रहनुहोला । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछन् । कुनै कुरालाई लिएर श्रीमान्सित छलफल हुनसक्छ । अपजस पाइने सम्भावना भएकाले बोली एवं व्यवहारमा सजगता अपनाउनुहोला ।
मिथुन
मनको चिन्ता हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । योजनानुसार सबै काम सफल हुँदै जानेछन् । विशेष कामले यात्रा गर्नुपर्ला । कसैकसैलाई मान–सम्मान प्राप्त गर्ने अवसर जुट्नसक्छ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । कहीँकतैबाट कुनै कुराको लाभ हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । सोचेअनुरूप कार्य सम्पन्न गर्न पाउँदा मन प्रसन्न होला ।
कर्कट
काम गर्दा कहिलेकाहीँ कुनै बाधा सिर्जना हुनसक्छ । सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्नुहोला । गृहिणीहरूको घर खर्च केही बढ्नेछ । दाम्पत्य जीवन समझदारीपूर्वक सुखमय ढंगले बित्नेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । टाउको एवं आँखा दुख्ने समस्या हुनसक्छ । सन्तुलित आहार खाने एवं प्रशस्त मात्रामा पानी पिउने कुरामा जोड दिनुहोला ।
सिंह
कुनै कामविशेषले यात्रा गर्नुपर्ला । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख एवं समझदारी कायमै रहनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन्, सकेसम्म आफ्नो कार्य आफै गर्ने प्रयास गर्नुहोला । पारिवारिक सुख मिल्नुका साथै आफ्नो इच्छानुसार समय बिताउने अवसर जुट्नेछ ।
कन्या
पारिवारिक वातावरण सुखमय रहनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । प्रतिस्पर्धीहरूबाट टाढै रहनुहोला । कसैसँग कुराकानी एवं व्यवहार गर्दा ध्यान पुर्याउनुपर्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको मनोभाव बुझी काम गर्ने प्रयास गरे सम्भावित खटपट टर्नसक्छ । काम गर्दा आफूलाई चित्त नबुझेको कुरा कारण खुलाई राम्रोसँग प्रस्ट्याउन सके मनमा कुनै तुष रहने छैन ।
तुला
काममा सफलता हात पर्नेछ । मान–सम्मान पनि प्राप्त होला । दाम्पत्य जीवनको समझदारी कायमै रहनेछ । छोराछोरीबाट पनि अपेक्षित सुख–सन्तोष मिल्नेछ । घुमघाम गर्ने संयोग जुट्नसक्छ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा योजनाअनुसार सम्पन्न हुनेछन् । शैक्षिक, सामाजिक, न्यायिक एवं प्रतियोगितात्मक क्रियाकलापमा सफलता हासिल हुनेछ ।
वृश्चिक
इच्छानुसार सबै काम क्रमबद्ध रूपले पूरा हुँदै जानेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया, सहयोग एवं समझदारी कायम रहनेछ । व्यावसायिक क्षेत्रमा सफल भइनेछ । शैक्षिक, न्यायिक, सामाजिक एवं प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त होला । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्ने भएकाले बोली एवं व्यवहारमा सजगता अपनाउनुपर्नेछ ।
धनु
कुनै नयाँ काममा सफलता मिल्नेछ । काम गर्दा कहिलेकाहीँ अवरोध सिर्जना भए पनि काम पूरा हुँदै जानेछन् । मन प्रसन्न भै काम गर्ने जाँगर बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । छोराछोरीबाट पनि सुख–सन्तोष प्राप्त हुनेछ । विभिन्न कुराको लाभ होला । अनावश्यक खर्चको योग भएकाले कुनै पनि कुरामा खर्च गर्दा सावधानी अपनाउनुपर्नेछ ।
मकर
सानोतिनो कामका लागि यात्रा हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनको माया एवं समझदारी कायम रहनेछ । विभिन्न कुराको लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च होला । कामविशेषले टाढा भएका आफन्तहरूसँग भेटघाट गर्ने मौका जुट्नसक्छ । नयाँ व्यक्तिसित मित्रता गाँस्ने मौका मिल्नसक्छ ।
कुम्भ
योजनाअनुरूप काम सम्पन्न हुँदै गए पनि कुनै कुराले मनमा भ्रम उत्पन्न गर्नसक्छ । सकेसम्म शान्त रहने प्रयास गर्नुहोला । कामको धपेडीले स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । आफ्नो स्वास्थ्य एवं खानपानका साथै व्यक्तिगत खुसीका लागि पनि केही समय छुट्याउनुहोला । महिनाको पहिलो तथा अन्तिम साता लाभप्रद रहनेछन् ।
मीन
मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । उन्नति गर्ने अवसर जुट्नेछ । व्यावसायिक क्षेत्रबाट राम्रो धन लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । मान–सम्मानसमेत प्राप्त होला । प्रतिस्पर्धात्मक काममा सफलता पाइनेछ । दाम्पत्य जीवनको समझदारी कायमै रहनेछ । नयाँ मित्रता गाँस्ने अवसर जुर्नेछ ।