नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।

सोफिया श्रेष्ठ, मोडल
पहिरन
गायक धीरज राईको इन्द्रजाल गीतमार्फत मोडलिङमा प्रवेश गरेकी सोफिया श्रेष्ठ आफूलाई फेसन कन्सस बताउँछिन् । मोडलिङमा आएपछि फेसनप्रति सबैको चासो बढ्ने भएकाले पनि उनलाई फेसन कन्सस हुन अनिवार्यजस्तै लाग्न थालेको छ । श्रेष्ठ समय एवं इभेन्टअनुसार आफूलाई सजाउँछिन् । उनी पार्टी तथा इभेन्टहरूमा कुर्ता, साडी वा गाउन प्रयोग गर्छिन् । दसैं–तिहारजस्ता चाडपर्वमा भने उनी परम्परागत पहिरनमै जोड दिन्छिन् । क्याजुअलमा उनी हरेक प्रकारका पहिरन लगाउँछिन् । डार्क कलरको पहिरन आफूलाई सुहाउने हुनाले र अरूले पनि यही कलरमा राम्रो देखिएको प्रतिक्रिया दिने हुनाले उनको रोजाइमा डार्क कलरका पहिरन नै पर्छन् ।
मेकअप
श्रेष्ठ मेकअपका लागि विदेशी प्रोडक्ट नै प्रयोग गर्छिन् । उनीसँग विदेशी शृंगार प्रसाधनको राम्रो कलेक्सन छ । सोफिया भन्छिन्–मेकअपका लागि विदेश जाँदा एकैपटक आवश्यक मात्रामा सपिङ गर्छु । उनी बाहिर निस्कदा भारी मेकअप गर्दिनन् भने क्याजुअल मेकअपमा सनक्रिम, आइलाइनर र लिपिस्टिक कहिल्यै छुटाउँदिनन् । अरु बेला भने उनी इभेन्टअनुसार मेकअप गर्छिन् । फेसन शो तथा फोटो सुटका लागि आवश्यक मात्रामा मेकअप गर्छिन् । श्रेष्ठ पहिरनअनुसार हेयर स्टाइल परिवर्तन गर्न पनि पछि पर्दिनन् । उनलाई केश खुल्ला छोडेर हिँड्न सहज लाग्छ ।
एसेसरिज
श्रेष्ठ एसेसरिजमा निकै रुचि राख्छिन् । घडी उनको पहिलो प्राथमिकतामा हुन्छ । सोफिया राडो तथा गुच्ची ब्रान्डका घडी लगाउँछिन् । सनग्लास तथा इयररिङ पनि त्यत्तिकै मन पर्ने उनले बताइन् ।