पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

चित्रकार मीना डंगोलको एउटा अनोठौ स्वभाव छ । हुन त उनको यो स्वभाव उनका स्वर्गीय बुवा पन्छीविद् हीरालाल डंगोलबाट उनमा सरेको हो । दुई वर्षअघि दिवंगत भएका हीरालाल त्यस्ता चित्रकार थिए, जो जंगलमै बसेर चराचुरुङ्गीहरू नियाल्दै उनीहरूका तस्बिर क्यानभासमा उतार्थे । चित्रकार डंगोलले बुवाकै कला पछ्याउँदै चित्रकला थालिन्, तर उनले रोजिन लाटोकोसेरोलाई ।
ऊक्त चरा सधैं आत्रामक देखिने भएकाले आफूले त्यही चरालाई चित्रकलाको मुख्य विषय बनाएको डंगोलको भनाइ छ । गत शनिवार काठमाडौंमा आयोजित आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले चरा चुरुङ्गीका झण्डै तीन दर्जन चित्र समावेश गरिन्, जसमा आधाभन्दा बढी चित्र लाटोकोसेरोकै थिए ।