छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
तपाईलाई सुन्दा अचम्म लाग्ला । कुनै ठाउँमा छोरा वा छोरी मात्रै जन्मने पनि हुन्छ भन्ने लाग्न सक्छ । तर, यूरोपको एक गाउँमा ९ वर्षदेखि छोरी मात्रै जन्मिरहेका छन् ।
चेक गणतन्त्र र पोल्याण्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की भन्ने गाउँमा ९ वर्ष यता छोरीको मात्रै जन्म भएको एजेन्सीले जनाएको छ । त्यसैले उक्त गाउँका मेयरले छोरा जन्माउने दम्पतीलाई पुरस्कारको घोषणा गरेका छन् ।
सो गाउँमा पछिल्लो पटक सन् २०१० मा एक दम्पत्तिले छोरा जन्माएका थिए । त्यसपछि गाउँमा जन्मिएका सबै बच्चा छोरी नै रहेका छन् । ९ वर्षअघि छोरा जन्माएका ती दम्पत्तिहरु पनि गाउँ छाडेर गैसकेको बताइएको छ ।
झण्डै ३ सय जनसंख्या रहेको गाउँको यो अनौठो घटना दुनियाँभर चर्चित छ । यो गाउँमा महिलाको तुलनामा पुरुषको जनसंख्या नगन्य छ । गाउँमा बच्चाबच्चीहरुमा एकजना मात्र बालक छन्, जसको उमेर अहिले १२ वर्ष भएको छ ।
गाउँका दम्पत्तिहरुमा केवल छोरीको मात्र जन्म हुने यो विचित्र घटनालाई लिएर विज्ञहरु पनि अचम्मित छन् । छोरा जन्मनु किन दुर्लभ बन्यो ? भन्ने विषयमा अनुसन्धानसमेत गर्न थालिएको छ