बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
तपाईलाई सुन्दा अचम्म लाग्ला । कुनै ठाउँमा छोरा वा छोरी मात्रै जन्मने पनि हुन्छ भन्ने लाग्न सक्छ । तर, यूरोपको एक गाउँमा ९ वर्षदेखि छोरी मात्रै जन्मिरहेका छन् ।
चेक गणतन्त्र र पोल्याण्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की भन्ने गाउँमा ९ वर्ष यता छोरीको मात्रै जन्म भएको एजेन्सीले जनाएको छ । त्यसैले उक्त गाउँका मेयरले छोरा जन्माउने दम्पतीलाई पुरस्कारको घोषणा गरेका छन् ।
सो गाउँमा पछिल्लो पटक सन् २०१० मा एक दम्पत्तिले छोरा जन्माएका थिए । त्यसपछि गाउँमा जन्मिएका सबै बच्चा छोरी नै रहेका छन् । ९ वर्षअघि छोरा जन्माएका ती दम्पत्तिहरु पनि गाउँ छाडेर गैसकेको बताइएको छ ।
झण्डै ३ सय जनसंख्या रहेको गाउँको यो अनौठो घटना दुनियाँभर चर्चित छ । यो गाउँमा महिलाको तुलनामा पुरुषको जनसंख्या नगन्य छ । गाउँमा बच्चाबच्चीहरुमा एकजना मात्र बालक छन्, जसको उमेर अहिले १२ वर्ष भएको छ ।
गाउँका दम्पत्तिहरुमा केवल छोरीको मात्र जन्म हुने यो विचित्र घटनालाई लिएर विज्ञहरु पनि अचम्मित छन् । छोरा जन्मनु किन दुर्लभ बन्यो ? भन्ने विषयमा अनुसन्धानसमेत गर्न थालिएको छ