Successfully Copied

बुबाको मुख फोटोमा हेर्दै छु

मेरो आँखाले पनि बुबालाई नदेखेको दसौं वर्ष भयो नत कहिले हाँसे म नत यो मनमा हर्ष छायो

कविता

मेरो आँखाले पनि बुबालाई नदेखेको दसौं वर्ष भयो
नत कहिले हाँसे म नत यो मनमा हर्ष छायो
हुन त हो देख्न पनि कसरी देख्छन्
मेरो आँखाले बुबालाई
धेरैले भन्छन् छोरा तिम्रो बुबा परलोकमा छन्
तिम्रो बुबा स्वर्गलोकमा छन्
थाहा छ मलाई मेरो बुबा स्वर्गलोकमा त
पहिलै गएका हुन्
तर सधैंका लागि मेरो बुबा मेरो मुटुमा छन्
मस्तिष्कमा छन्
क्यामेराले फोटो कैद गर्न त्यो बेला
मोबाइल थिएन मसँग
छातीको एक्सरे गरेर मुटुमा हेर्दै छु
बुबाको मुख फोटोमा हेर्दै छु
धेरैका लागि कुसे औंसी आउँछ
बुबाको मुख हेर्ने दिन आउँछ
तर मलाई बुबाको मुख हेर्न
न कुसे औंसी नैं चाहिन्छ
न मलाई बुवाको मुख हेर्ने दिन नैं चाहिन्छ
बस मलाई सधैं बुवाको याद आइरहन्छ
र त्यही छातीको एक्सरेमा देखिएको
मुटुमा रहेको मेरो बुबाको फोटो
फ्रेममा राखेर भित्तामा टाँसेको छु र
आज पनि बुबाको मुख फोटोमा हेर्दैछु
यो चलिरहेको दुई मुठ्ठी सास
बुबाको आशीर्वादले हो
र त बुबा मेरो धड्कनमा छन्
बुबा मेरो मनमा छन्
बुबा मैले धेरै सम्झिरहेको छु
आशीर्वाद दिरहनु सधै
बुबा तपाईकै आशीर्वादले
बाँचिरहेको छु
फोटो मुटु राखेको छु
भित्तामा सजाएको छु
आजको विशेष दिन
बुबाको मुख फोटोमा हेर्दै छु

पारस भट्ट प्यासी
सुदुरपश्चिम, बैतडी

 Image