२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सूचना जारी गर्दै प्रशासनले तीजलाई भड्किलो हुनबाट रोक्न महागा होटल र पार्टी प्यालेसमा अग्रिम बुकिङ गरी कार्यक्रम र भोजभतेर गर्नेलाई कारबाही गर्ने जनाएको हो ।
दर र तीजलाई भड्किलो नबनाउन कतिपय सामाजिक अभियान्ता तथा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएका थिए भने थुप्रै संघसंस्था तथा व्यक्तिहरुले अनौपचारिक रुपमा भनेका थिए । सूचना अटेर गरे कानुनअनुसार कारबाही हुने प्रशासनको चेतावनी छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष १५ भदौमा दर खाने र १६ भदौमा तीज पर्व परेको छ ।