हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
गायिका ज्योति मगरले हङकङेली दर्शकहरूलाई छमछमी नचाएकी छिन् । बालबालिका तथा महिलाहरूका लागि शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा ज्योतिसँगै डान्सर सुस्मिता शाही, गायक राज तामाङ तथा गायिका हर्षिका आले मगरले पनि विभिन्न प्रस्तुति दिएका थिए ।
हङकङ आइडल राज तामाङले आधुनिक र डान्स नम्वर दुवैबाट पर्याप्त तालि पाए । स्थानिय प्रतिभा हर्षिकाले नेपाली, हिन्दी दुवै गीतबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन् ।
विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको ऊक्त कार्यत्रम ब्लाक पिग इन्टरटेन्मेन्टको ब्यानरमा बुलेटहाङ तिगेलाले आयोजना गरेका हुन् ।