प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
आउटलेट : कमलपोखरी
विशेषता : नेपाली ब्रान्डेड पहिरनका लागि उत्कृष्ट गन्तव्य ।
सात महिनाअघि पूजा पाण्डे तथा पूजा रिमाल मिलेर कमलपोखरीमा नेपाली ब्रान्डेड पहिरन पसल भोटो संचालनमा ल्याएका छन् । नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले स्थापित भोटोमा कटन, बाम्बो, सिफन, खादी, ऊनी आदि पहिरन उपलब्ध छन् ।
हातले बनाइएका वान पिस, सर्ट, टि–सर्ट, स्वेटरजस्ता पहिरन भोटोमा पाइने कर्मचारी निशा शाक्य बताउँछिन् । भोटो हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म खुल्छ । यहाँका पहिरन अन्यत्र पाइने पहिरनभन्दा भिन्न लुक्सका हुने निशाको दाबी छ । यहाँ मौसमअनुसारका पहिरन खरिद गर्न सकिन्छ ।